काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना भइरहेको छ । पदाधिकारीमध्ये अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनबहादुर सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्वारोध भएका छन् । सचिवमा भने पूर्व कप्तान पारस खड्का र प्रशान्त विक्रम मल्लबीच प्रतिस्पर्धा भएको थियो । प्रारम्भिक मत गणनामा दुई जनाबीच कडा प्रतिस्पर्धा देखिएको छ…