२०८१, ३ फाल्गुन शनिबार

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको विजयी सुरुवात

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको विजयी सुरुवात


काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा शानदार सुरुआत गरेको छ । बिहीबार राति भएको युइएफए नेसन्स लिगको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलको मद्दतले पोर्चुगलले क्रोएशियामाथि २–१ को जित हासिल गर्दै उत्कृष्ट सुरुआत गरेको हो ।

रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगलको टोलीलाई रोनाल्डो र डियोगो डालोटको गोलको मद्दतले जितायो । जितसँगै पोर्चुगलले समूह ‘ए’ मा तीन अंक जोडेको छ ।

खेलको प्रारम्भिक सातौं मिनेटमै, म्यान्चेस्टर युनाइटेडका डिफेन्डर डियोगो डालोटले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । डालोटले बु्रनो फर्नाण्डेसको पासलाई गोलमा परिणत गर्दै अग्रता दिलाएका हुन् । खेलको ३४औं मिनेटमा, कप्तान रोनाल्डोले ऐतिहासिक ९००औं गोल गरेपछि पोर्चुगलको अग्रता दोब्बर भयो ।

मिकेल मन्डेसको क्रसलाई रोनाल्डोले हेडरमार्फत गोलमा परिणत गर्दै आफ्नो करियरको एक महत्वपूर्ण माइलस्टोन पार गरे । यस गोलसँगै रोनाल्डो ९०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यसकीर्तिमानसँगै रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको रेकर्ड समेत कायम भएको छ ।

खेलको ४१औं मिनेटमा क्रोएशियाले एक गोल फर्काउने मौका पायो । क्रोएशियाका खेलाडीले एक क्रस दिएपछि, पोर्चुगलका डालोटले आत्मघाती गोल गरे, जसले पहिलो हाफमा खेलको स्कोरलाई २–१ मा पु¥यायो । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल २–१ को स्कोरमा समाप्त भएको थियो । यसैबीच, समूह ‘ए’ को अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले पराजित गरेको छ ।

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ८ : २१ बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले