२०८२, १९ मंसिर शुक्रबार

सुन तस्करी छानबिन गर्न पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालत पोखराका पूर्व कामु मुख्य न्यायाधीश आचार्यको संयोजकतवमा ३ सदस्यीय आयोग बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।