काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पबाट हुन सक्ने क्षति रोक्न तीनै तहका सरकारले हातेमालो गर्नुपर्ने बताएका छन् । नेपाल भूकम्पको जोखिम क्षेत्रमा पर्ने भएकाले जोखिम न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच हातेमालो आवश्यक रहेको बताएका हुन् । काठमाडौं महानगरपालिकाले आज बिहान भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सो कुरा बताएका…