२०८३, १६ आश्विन शनिबार

पत्रपत्रिकालाई नयाँ मिडियाका कारण चुनौती : मन्त्री बाँस्कोटा

पत्रपत्रिकालाई नयाँ मिडियाका कारण चुनौती : मन्त्री बाँस्कोटा


बनेपा असोज १३ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले छापा सञ्चारमाध्यमलाई नयाँ मिडियाका कारण धेरै चुनौती रहेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा शनिबार प्रतिभा सम्मान गुठीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ प्रविधिको सञ्चारले क्षण भरमा नै धेरै कुराको जानकारी दिने भएकाले छापा सञ्चार माध्यमलाई चुनौती थपिएको बताउनुभयो । नयाँ मिडिया हातहातको मिडिया शक्तिशाली भएर आएकाले अब छापा सञ्चारमाध्यम केही समयपछि विवरण राख्ने तथा विचार प्रस्तुत गर्ने माध्यम मात्रै हुने अवस्था आउन सक्ने बताउनुभयो ।

प्रविधिले सहजता ल्याएपछि प्रतिस्पर्धा बढेको र त्यसभित्र आफूलाई विश्वसनीय बनाउन जरुरी रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो । उहाँले भन्नुभयो, “विश्वसनीय नभई लोकप्रिय हुँदैन, लोकप्रिय नभइ ‘मिडिया हाउस’ चल्न गाह्रो हुन्छ ।” पत्रकारिता भोक, तिर्खा, पानी, जाडोलगायतको पर्वाह नगरी गर्ने चुनौतीको पेशा भएको उहाँको भनाइ थियो ।

कतिपय अवस्थामा पत्रकारिता कर्म र धर्म कुन अवस्थाको हो भन्ने कुरा पत्रकार आफैले छुट्याएर अगाडि बढ्नुपर्ने अवस्थासमेत आएको उहाँले बताउनुभयो । “कर्म गरे अवश्य फल प्राप्त हुन्छ, तर धर्मले शान्ति मात्रै दिने भएकाले कुन अवस्थाको कर्म हो भन्ने आफैँले छुट्याएर अघि बढ्न आवश्यक छ”–उहाँले भन्नुभयो ।

सरकारले दीर्घकालीन विकासको कामलाई अगाडि बढाइसकेको हुनाले समाजमा स्थिरता छाएको उल्लेख गर्दै उहाँले विस्तारै सामाजिक, राजनीतिक, सांस्कृतिक, कला, साहित्य र पत्रकारिता क्षेत्रको विकासमा फड्को मार्दै जाने बताउनुभयो ।

गुठीका अध्यक्ष मोहन दुवालले सामाजिक काम गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको र यस वर्ष पत्रकारिता जगत्बाट समाजको लागि योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपालका पत्रकार कष्णा ताम्राकार, नेपाल समाचारपत्र दैनिकका भगवती तिमल्सिना र नारी पत्रिकाका सिर्जना दुवाल श्रेष्ठलाई सम्मान गरिएको थियो । तीनैजनालाई जनही रु १५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । –रासस

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ७ : ५३ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र