काठमाडौँ, १० असोज: मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ गरिएको हो । मलेसियास्थित नेपाली दूतावासका अनुसार अभियानअन्तरगत साइबरजयाको एक कम्पनीमा छापामार्ने क्रममा नेपालीसहित ३३८ जना पक्राउ परेका थिए ।…