भद्रपुर ५ मङ्सिर : झापा मेचीनगर नगरपालिका–१२ मा आज साँझ सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मेनपा–१२ स्थित कालीझोडामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बिर्तामोड–५ का २७ वर्षीया मञ्जुल बराइली र स्कुटर चालक मेचीनगर–१० का २४ वर्षीय युवराज खत्रीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ…