बर्दिवास, २१ कात्तिक: दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको निम्ता दिइरहेका बेला महोत्तरी बर्दिवास नगरपालिकाका सर्वसाधारणले भने आफ्ना जनप्रतिनिधिलाई सडकको धुलो खाने निम्ता दिएका छन् । बर्दिवास–जलेश्वर सडक छेउका बासिन्दाले तिहार पर्व शुरु भएसँगै नगरका चोकचोकमा भेला भएर सार्वजनिकरुपमै आफ्ना जनप्रतिनिधि र सडक विभागसम्बद्ध अधिकारीलाई यो सडक क्षेत्रमा आएर बुङ्बुङ्ती उडिरहेको धुलो खान सार्वजनिक निम्ता दिएका हुन्…