सोलुखुम्बु, २७ कात्तिक : खुम्बु क्षेत्रको भ्रमणमा रहनुभएका एक विदेशी पर्यटकको आज खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीय जापानी नागरिक हिरो युकी योसीजा रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिनुभयो । लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो । गाउँपालिका–५ गोरप्सेपस्थित एभरेष्ट इन…