विराटनगर, १८ मङ्सिर : विराटनगर महानगरपालिकाले कोशी अञ्चल अस्पताललाई आज पाँच थान वातानुकूलित यन्त्र प्रदान गरेको छ । अस्पताललाई प्रदेशको उत्कृष्ट बनाउन आवश्यक सुधारका क्रममा उक्त वातानुकूलित सामग्री प्रदान गरिएको हो । सो अवसरमा महानगरका प्रमुख भीम पराजुलीले सबैको सहयोग रहे अस्पतालले न्यूनतम शुल्कमा प्रदेशका जनतालाई सम्पूर्ण सेवा प्रवाह गर्न सकिने बताउनुभयो । उहाँले अस्पतालमा…