काठमाडौँ, ३ पुस: सरकारले मेलम्ची खानेपानी आयोजनासँग जोडिएका पछिल्ला गतिविधिलाई संयमतापूर्वक समाधान गर्न प्रयत्नशील रहेको जनाएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजनाको निर्धारित कार्यतालिका प्रभावित नहुने गरी आयोजना सम्पन्न गर्न विभिन्न विकल्पमा छलफल गरिरहेको र ठेकेदार कम्पनी सीएमसीसँग पनि पछिल्लो अवस्थाका बारेमा छलफल भइरहेको उल्लेख गरेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न गर्न हालकै…