काठमाडौँ, २२ मङ्सिर : मगर समुदायको कथावस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ काठमाडौँको कुञ्ज थिएटरमा प्रदर्शन भइरहेको छ । मङ्सिर १४ देखि प्रदर्शन शुरु भएको सो नाटक पुस ७ गतेसम्म थापागाउँ कुञ्ज थिएटरमा मञ्चन भइरहेको हो । नाटक हरेक दिन साँझ ४ः३० बजे र शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे मञ्चन हुने आयोजकले…