२०८२, २५ कार्तिक सोमबार

काभ्रेमा धमाधम प्रेस सल्लाहकार नियुक्त

धुलिखेल १८ मंसीर : धुलिखेल नगरपालिकाको प्रेस सल्लाहकारमा पत्रकार माहासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना नियुक्त भएका छन् । प्रेस सल्लाहकार नियुक्त गर्ने काभ्रेका १३ स्थानीय तहमध्ये धुलिखेल नगरपालिका तेस्रो हो । यसअघि बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाले प्रेस सल्लाहकार नियुक्त गरेका थिए । बेथानचोक गाउँपालिकामा मोहनकृष्ण तिमल्सिना र खानीखोला गाउँपालिकामा सजना आचार्यले नियुक्ति पाएका थिए…