२०८३, १ असार मंगलबार

दुप्चेश्वरमा दर्शनार्थीको भीड

बेत्रावती, ७ पुस: ऐतिहासिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा धान्य पूर्णिमाका अवसरमा लाग्ने मेला आज सकिएको छ । ‘सानो पशुपतिनाथ’का रुपमा चिनिने यो मन्दिरमा ‘जे माग्यो त्यो पूरा गरिदिने’ विश्वासमा यो वर्ष ५० हजार भक्तजनले पूजाआरधना गरेको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । एकादशीदेखि शुरु भएको जात्रामा शुक्रबार मात्रै २० हजार भक्तजन सहभागी थिए…