२०८२, १ असार आईतबार

सानोठिमी क्याम्पसको जग्गा भाडा सम्झौता रद्द

काठमाडौैँ, ९ मङ्सिर: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पसले लगाएको जग्गा भाडासम्बन्धी सम्झौतालाई रद्द गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज जग्गा भाडामा दिने सम्झौता रद्द गर्ने मन्त्रीस्तरीय निर्णय गर्नुभएको उहाँका सञ्चार सल्लाहकार सुनिल खड्काले जानकारी दिनुभयो । विवादित ढङ्गले कम रकममा जग्गा भाडामा लगाएको पाएपछि मन्त्री पोखरेलले सो निर्णय…