कञ्चनपुर, १२ पुस: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित चार वटा जडीबुटी उद्योगमा आबद्ध किसानले रु १७ लाख ४० हजार २२० बढीको क्यामोमाइलको तेल उत्पादन गरेको छ । सन् २०१८ को डिसेम्बरसम्म चार वटा जडीबुटी उद्योगमा आबद्ध ४६ परिवारले ३४ दशमलव २४ किलोग्राम सुगन्धित तेल क्यामोमाइलको उत्पादन गरेका हुन् । ती परिवारले २०९ कट्ठा क्षेत्रफलमा क्यामोमाइल खेती गरेका…