काठमाडौँ, १५ मङ्सिर: चिसो बढे पनि उपत्यकाका विभिन्न स्थानमा सफाइ अभियान जारी छ । विभिन्न स्थानमा सफाइ गरी आज उपत्यकाबाट २३ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २९० औँ हप्तामा बुद्धनगर क्षेत्रस्थित वाग्मती र रुद्रमती नदी दोभानमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना,…