नुवाकोट, २९ मङि्सर : जिल्लाको उत्तरपुर्वी भेगस्थित घ्याङफेदीको घ्याङडाँंडामा शुक्रवार बेलुकी मिनिट्रक दुर्घटना हुँदा ज्यान जानेको संख्या १८ पुगेकोे छ । दुर्घटनामा ज्यान गुमाएका तीनजनाको पहिचान खुलेको छ । कच्ची सडकबाट खसेर भएको दुर्घटनामा तीन महिलासहित १८ जनाको ज्यान गएको छ । दुर्घटनामा २० जना घाइते भएको उद्धारमा संलग्न दुप्चेश्वर गाउंपालिकाका अध्यक्ष योविन्द्रसिह तामाङले बताए…