काठमाडौँ,माघ १७ : छोरा पारसको स्वास्थ्य स्थितिबारे जानकारी लिन काठमाडौँ आउनुभएकी पूर्वरानी कोमल शाह सिमरा फर्कनुभएको छ । ३ दिनअघि अचानक तेस्रोपटक हृदयघात भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका पारसको स्वास्थ्यस्थिति सुधारोन्मुख हुँदै गएपछि उहाँ बुधबार दिउँसो सिमरा फर्कनुभएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना…