राँझा, २३ पुस : प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषि तथा पशुपालनमा किसानलाई आवश्यक अनुदानको व्यवस्था गरिने बताउनुभएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटामा रहेको उत्तमपुर गौशालामा आज आयोजित कृषक भेटघाट कार्यक्रममा उहाँले आर्थिक समृद्धि र सुखी जीवनको कल्पना कृषि तथा पशुपालनबाटै सम्भव भएकाले आवश्यक सहयोग गर्न प्रदेश सरकार योजनासहित…