भगवान् शिवजी सर्वप्रथम प्रकट भएको समय नै शिवरात्रि हो। फाल्गुण कृष्णपक्ष, चतुर्दशी तिथिको रात्रिकालमा यस लोकको दृष्टिगोचरमा अनादि भगवान् शिवजी ज्योतिर्लिंग स्वरूपमा उत्पत्ति भएको धार्मिक विश्वास छ। हिन्दुहरूका आराध्य देव भगवान् शिवलाई चाँडै प्रसन्न तुल्याउन सकिने हुँदा ‘आशुतोष’ भनी पूजा–आराधना गरिन्छ। भगवान् स्वयं प्रकट भएकाले उक्त पवित्र रात्रिलाई महाशिवरात्रि भनिएको हो।भगवान् शिव अनादि, अनन्त, सर्वव्यापक…