काठमाडौँ ८ साउन । गृहमन्त्री रामबहादुर थापाले असारको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण हालसम्म १०८ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । साथै ३३ जना हराइरहेका तथा ४६ जना घाइते भएको उहाँले बताउनुभयो । प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ माथिको छलफलमा उठेका प्रश्नको आज साँझ जवाफ दिँदै उहाँले घर आवासको क्षतिको विवरण सम्बन्धित मन्त्रालयबाट…