काभ्रेपलाञ्चोक, २ भदौ: धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्टार र डिनका दुई वटा कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न काठमाडौँ विश्वविद्यालयले वार्ता समिति गठन गरेको छ । सङ्घले विश्वविद्यालय प्रशासनसँग यसअघि पटकपटक गरिएका सम्झौता कार्यान्वयन नभएको जनाउँदै गत साउन २३ गते स्कुल अफ साइन्स र स्कुल अफ इञ्जिनीयरिङका डिन तथा साउन २६ गते उपकुलपति र…