डडेल्धुरा, २ भदौ परशुराम नगरपालिकामा झाडापखालाको महामारी फैलिएको छ । झाडापखालाबाट ६६ जना बिरामी परेका नगरपालिकाका स्वास्थ्य शाखा उपसंयोजक हिक्मत धामीले बताउनुभयो । वडा नं ८ मा पर्ने जमरानी, गैरी गाउँ, गुप्टेगडाँ, सानुखोला लगायतका क्षेत्रमा शनिबारदेखि झाडापखालाको प्रकोप फैलिएको उहाँले बताउनुभयो । दुई जनाको जोगबुडास्थित अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि…