पोखरा । आज गण्डकी प्रदेश सरकारमा एमालेको तर्फबाट चार मन्त्रीले शपथ लिएका छन् । नेपाली कांग्रेससँग सत्ता समीकरण बनेको डेढ महिनापछि गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको हो । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको प्रदेश सरकारमा एमालेका चार मन्त्री थपिएका छन् । एमालेबाट थपिएका चार मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद…