इलाम, २० पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताउनुभएको छ । इलाम सदरमुकाममा आज आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरकारले कृषि, यातायात, औद्योगीकरणलगायतको क्षेत्रमा तीव्रताका साथ काम गर्न थालेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले अहिले राष्ट्र निर्माण अभियान शुरु भएकाले यो अभियानलाई सहयोग गर्न सबै पक्षको सहयोग…