काठमाडौँ, १४ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी सीता दाहालको स्वास्थ्योपचारपछि संयुक्तराज्य अमेरिकाबाट स्वदेश फर्कनुभएको छ । आज स्वदेश फर्कने क्रममा अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यतः उपचारकै काममा रहे पनि अमेरिकामा रहँदा उच्चस्तरीय राजनीतिक भेटसमेत भएको जानकारी दिनुभयो । अमेरिकामा रहँदा दक्षिण तथा मध्यएशिया मामिलासम्बन्धी प्रमुख…