काभ्रेपलाञ्चोक, १६ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानी सँगै नचल्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’को गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “अनधिकृत रुपमा प्राकृतिक स्रोतमाथि दोहन भइरहेको छ, यसले सङ्कट निम्त्याउँछ भन्नेमा सबैले ध्यान दिनुपर्छ, खानी र पानी सँगै चल्दैन…