२०८३, १४ बैशाख मंगलबार

नेकपा सचिवालयको बैठक सुरु

नेकपा सचिवालयको बैठक सुरु


काठमाडौं, १७ वैशाख: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ । बुधबार साँझ बालुवाटारमा बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि सचिवालय बैठक मंगलबार बस्ने भनिएको थियो । बुधबार दिउँसो सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला दुबै समूह(ओली समूह र प्रचण्ड-नेपाल समूह) ले आफ्नो पक्षमा बहुमत देखाउन सांसदको हस्ताक्षर अभियान चलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका सांसदहरूको हस्ताक्षर अभियान चलाइसकेका छन् । नेकपामा पछिल्लो समय राजनीतिक तरंग आएको छ ।

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहित अध्यादेश ल्याएपछि अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह आक्रोशित बनेको छ। उक्त समूहका नेताहरूले तत्काल स्थायी समिति बैठक बोलाउनु पर्ने माग गरेका छन् ।

प्रधानमन्त्री ओली स्वंयले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन प्रचण्ड-नेपाल समूह लागेको आरोप लगाएका छन् । ओली र नेपालनिकट नेताहरूले निकासका लागि मंगलबार दिनभरि प्रयास गरे पनि सफल हुन सकेको छैन । नौ सदस्यीय सचिवालयमा ओली अहिले अल्पमतमा छन् ।

Setopati

प्रकाशित मिति : २०७७, १७ बैशाख बुधबार  ६ : ३५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले