२०८३, १ आश्विन शुक्रबार

बालुवाटारमा ओली-नेपाल एक्लाएक्लै भेट

बालुवाटारमा ओली-नेपाल एक्लाएक्लै भेट


काठमाण्डाै, १५ बैशाखः  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच झन्डै पौने घन्टा एक्लाएक्लै कुराकानी भएको बालुवाटार स्रोतले पुष्टि गरेको छ।

दुई नेताबीच के कुराकानी भयो भन्ने खुलाइएको छैन। पछिल्लो समय नेकपाभित्रको राजनीति निकै तरल बनेको छ।

ओली सरकारले राजनीतिक दल फुटाउन खुकुलो प्रावधानसहित दुई वटा अध्यादेश ल्याएपछि नेकपाभित्र चलिरहेको अन्तरसंघर्ष सतहमा देखिएको हो। सचिवालयका ९ मध्ये ६ जना सदस्यले अध्यादेश फिर्ता लिन भनेका थिए।

अहिले नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह एकातिर छन् भने ओली अर्कातिर भएका छन्। प्रचण्ड-नेपाल समूह आफूलाई सत्ताबाट हटाएर अघि जान लागेको भन्दै प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्नु पर्ने बताएका छन्। दुबै समूहका विभिन्न नेताहरूले विभिन्न तहमा भेटघाट र छलफललाई तीव्रता दिएका छन्।

Setopati

प्रकाशित मिति : २०७७, १५ बैशाख सोमबार  २ : ०५ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी