काठमाडौँ, २१ मङ्सिर : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी जस्तोसुकै कठिन परिस्थितिमा पनि देश र समाजप्रति इमान्दार रहनुपर्ने बताउनुभएको छ । ‘एकाउन्टबिलिटी ल्याब नेपाल’द्वारा आज यहाँ आयोजित ‘इन्टेग्रिटी आइडल नेपाल–२०१८’ प्रदान कार्यक्रममा उहाँले कर्मचारीले देशप्रति इमान्दार तथा समाजप्रति जिम्मेवार र उत्तरदायित्वलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो । उहाँले देश निर्माणमा कर्मचारीको ठूलो…