२०८३, २२ आश्विन शुक्रबार

प्रचण्डलाई जीतनारायणको आग्रह : रेनुलाई जिताउँछौं, भोलि फेरि धोका नदिनू

प्रचण्डलाई जीतनारायणको आग्रह : रेनुलाई जिताउँछौं, भोलि फेरि धोका नदिनू

हिजोको जस्तो ढाँट्ने, धोका दिने काम नहोस्


चितवन २२ बैशाख  :  नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धोका नदिन आग्रह गरेका छन् ।

पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभामा उनले प्रचण्डलाई विगतमा जस्तो धोका नदिन आग्रह गरेका हुन् । ‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,’ उनले भने, ‘जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो ।’

उनले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने पनि बताए । पहिले पार्टीले निणर्य नगर्दासम्म आफूहरुको केही गुनासो भए पनि पार्टीले निणर्य गरेपछि एकढिक्का भएर लाग्ने उनले बताए ।

चुनावी सभालाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले भने, ‘आदरणीय पुष्पकमल दाहाल ज्यूलाई भन्नै पर्छ हाम्रो पार्टीको सोझो सभापतिलाई, हाम्रो पार्टीको सोझो सभापति जे बोल्छ त्यै गर्नुहुन्छ । भोलिका दिनमा हिजोको जस्तो ढाँट्ने, धोका दिने काम नहोस् । जे प्रतिबद्धता आजभन्दा पाँच वर्षपछि यहाँ आएर गरेका थियौं, तीन महिनापछि टुट्यो ।’

पार्टी नेतृत्वले निर्णय नगरेसम्म भरतपुरको मेयरका लागि पार्टीभित्र संघर्ष गरेको स्मरण गर्दै अब केन्द्रीय नेतृत्वबाट भएको निणर्य कार्यान्वयन गर्न आफूहरू लाग्ने श्रेष्ठको भनाइ थियो । उनले भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता जगन्नाथ पौडेललाई पार्टी निणर्यमा लाग्न आग्रह गरे ।

श्रेष्ठले रेनु दाहाल नेतृत्वको गठबन्धनको टिमलाई जिताउन नेतृत्वको निर्देशनअनुसार लाग्ने पनि बताए । ’ सेनापतिले निर्देशन गर्‍यो, सेनापतिको निर्देशन मानिन्छ । यो गठबन्धनलाई हराउने तागत कसैले राख्दैन,’ उनले भने ।

चितवनमा माओवादी अध्यक्ष दाहालकी छोरीलाई मेयरको उम्मेदवारमा कांग्रेसले सहयोग गर्न नसक्ने भन्ने कांग्रेस नेतामध्येका श्रेष्ठ अग्रस्थानमा थिए । उनले विगतमा दाहालको चर्को आलोचना गर्दै आएका थिए । भरतपुरमा गठबन्धनबाट माओवादीकी दाहाल मेयरको उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारी उपमेयरको उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २०७९, २२ बैशाख बिहीबार  ३ : २५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य