२०८३, ११ भाद्र शुक्रबार

कैलाली पुगेर कांग्रेसलाई ओलीको भने २३ सिटेले ढोडका लौरी बटुलेर सरकार बनायो

कैलाली पुगेर कांग्रेसलाई ओलीको भने २३ सिटेले ढोडका लौरी बटुलेर सरकार बनायो

पाँच दलीय गठबन्धन बाँडीचुँडी खान मात्रै बनेको हो


कैलाली २२ बैशाख : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धन आफ्नो मान्छेको उद्धार गर्न र बाँडीचुँडी खान मात्रै बनेको आरोप लगाएका छन् ।

कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको गन्तव्य र उद्देश्य केहि नभएको बताए । ‘खाली सरकारमा पुग्ने, सरकारमा पुगेपछि आफ्ना मान्छेलाई उद्धार र व्यवस्थापन उद्धार गर्ने,’ ओलीले भने, ‘नातागोता आफन्तहरुको उद्धार गर्ने र बाँडीचुँडी खाने, त्यसका लागि मात्र अहिलेको यो गठबन्धन हो ।’

‘यो गठबन्धन जनताको आदेशबाट होइन, आज २७५ र १६५ भएको ठाउँमा नेपाली कांग्रेसले २३ सिट ल्याएको थियो,’ ओलीले भने, ‘२३ सिट ल्याएको कांग्रेसका अध्यक्षले अन्य ढोडका लौरी बटुलेर सरकार बनाएका छन् ।’ यो सरकार परमादेशी भएको भन्दै संविधान विपरीत भएको आरोप लगाए । ओली कैलाली र कञ्चनपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका छन् ।

प्रकाशित मिति : २०७९, २२ बैशाख बिहीबार  ३ : १८ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री