बर्दिवास, २ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीमा आज निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षालाई उत्पादन र उत्पादनलाइ समृद्धिसँग जोडेमात्र मुलुकको विकासले गति लिने बताउनुभयो । मन्त्री पोखरेलले बर्दिवास नगरवासीलाइ अपिल गर्दै भन्नुभयो, “तपाईंहरु प्राविधिक…