काठमाडौँ १५ फागुन । प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा शान्ति प्रक्रियामा आएसँगै मुलुक शान्तिको युगमा प्रवेश गरेको बताएका छन् । शुक्रबार विप्लव समूहसँग शान्ति सम्झौतामा हस्ताक्षर भएपछि प्रधानमन्त्री ओलीले अब देशमा कुनै पनि प्रकारको द्वन्द्व नरहेको भन्दै नेपाल शान्ति युगमा प्रवेश गरेको बताएका हुन् । शान्तिपूर्ण राजनीतिमा आउने नेकपा चन्द समूहको कदमलाई…