२०८३, २० आश्विन बुधबार

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : राष्ट्रिय एजेण्डा आत्मसाथ गर्दै जनअपेक्षाअनुसार सरकार सञ्चालन

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : राष्ट्रिय एजेण्डा आत्मसाथ गर्दै जनअपेक्षाअनुसार सरकार सञ्चालन


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जनताको आकांक्षा अनुसार काम गर्न पूर्ण प्रतिबद्ध रहेको बताएकी छन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सुशासन, पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, र विकासलाई सरकारको प्रमुख एजेण्डा बनाइएको उल्लेख गरिन् ।

उनले युवा पुस्ताले उठाएका रोजगारी, गुणस्तरीय जीवनस्तर र खुला सरकारजस्ता सवाललाई राष्ट्रिय एजेण्डाका रूपमा आत्मसाथ गर्दै सरकार अघि बढ्ने स्पष्ट पारिन् । “शासकिय आकांक्षा वा पदको लोभ होइन, देश संकटमा परेको बेला युवाको अनुरोधमा संक्रमणकालीन व्यवस्थापन गर्न प्रधानमन्त्री बनेकी हुँ,” उनले भनिन् । प्रधानमन्त्री कार्कीले संविधानको मर्मअनुसार लोकतान्त्रिक मूल्य, स्वतन्त्र न्यायपालिका, र सुशासन कायम गर्न सरकार दृढ रहेको बताउँदै, परिवर्तनशील समयसँगै जनअपेक्षा पनि परिवर्तन हुने भएकाले राज्य त्यसअनुसार सुधारमुखी बन्नु पर्ने धारणा राखिन् ।

उनको भनाइमा, संविधानको अक्षरभन्दा जनभावना अझ बहुआयामिक हुन्छ, जसलाई आत्मसात् गर्न राज्य तयार हुनुपर्छ।

प्रकाशित मिति : २०८२, ३ आश्विन शुक्रबार  ७ : ४९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको