कास्की, २४ फागुन :गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरीबी र बेरोजगारीको समस्या रहिरहे सङ्घीयता र प्रदेश सरकारको औचित्य समाप्त हुने बताउनुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आन्तरिक पर्यटन वर्षको सन्दर्भमा आज होमस्टे (घरबास) व्यवस्थापनसम्बन्धी कार्यक्रममा उहाँले गरीबीको अन्त्य गरी जनताको जीवनस्तर सुधार गर्नु प्रदेश सरकारको मुख्य दायित्व भएको बताउनुभयो । उपलब्ध प्राकृतिक…