२०८३, २२ आश्विन शुक्रबार

प्रधानमन्त्रीले सुनाए कांग्रेससँग छुट्टिनुको फेहरिस्त

प्रधानमन्त्रीले सुनाए कांग्रेससँग छुट्टिनुको फेहरिस्त


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेससँग गठबन्धन टुटाउनुको कारण कांग्रेस महासमिति बैठक भएको स्पष्ट पारेका छन् ।

बिहीबार प्रतिनिधि सभामा सम्बोधन गरेका प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक सत्ता फेरबदलको कारण कोशी प्रदेशको निर्वाचन, राष्ट्रिय सभा सदस्य चयन तथा सदस्य निर्वाचनमा भएको अन्तरघात, कांग्रेस महासमिति बैठकमा गठबन्धनको निन्दा र माओवादी जनयुद्धलाई कांग्रेसले विद्रुपीकरण गरेको आरोप लगाउँदै त्यसलाई माओवादीले सहन नसकेको बताए ।

‘कांग्रेस महासमिति बैठकमा गठबन्धनको निन्दा गरियो, निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरुमाथि अनावश्यक र बेमौसमको मानमर्दन राजनीतिक मान्न सकिएन’ प्रधानमन्त्री दाहालले भने ।

संविधानमा धर्म निरपेक्ष राज्य भएपनि कांग्रेस महासमिति बैठकमा हिन्दु राज्यको पक्षमा ४० प्रतिशत बढी कांग्रेसी नेताहरुले हस्ताक्षर गरेको विषयमा दाहालले भने,‘स्टलमै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामाथि पनि प्रश्न उठाउने ठाउँ बन्न गयो ।’

कांग्रेस महासमिति बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धलाई विद्रुपीकरण गरिएपछि आफूलाई शंका बढेको र कांग्रेसप्रति अविस्वास भएको दाहालको भनाई छ ।

‘राजनीतिक प्रतिवेदनमा जसरी माओवादी जनयुद्धलाई न्युनिकरण मात्र होइन विद्रुपीकरण गरियो, २०४७ सालकै संविधान ठिक भएको आशयको प्रतिवेदन बाँडेर मिलेको विषयमा शंका र अविश्वासको वातावरण बनाइयो त्यसपछि म सोच्न बाध्य भए यसले मलाई थप शसंकित गरायो’ दाहालले भने ।

साथै दाहालले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यक्ष प्रचण्डभित्र एकसाथ दुई व्यक्ति (माओवादी जनयुद्धको नेतृत्व गरेका कामरेड प्रचण्ड र पुष्पकमल दाहाल) जिवीत रहेको र कुनबेला उनको कुन राजनीतिक व्यक्तित्व प्रकट हुन्छ भन्ने कुराले राजनीतिमा अलमल र समस्या पैदा गरेको टिप्पणीको जवाफ दिँदै सुरुमै भने, ‘म अघिल्लो गठबन्धनमा पुष्पकमल दाहाल व्यक्तिका रुपमा थिए ।’

प्रकाशित मिति : २०८०, २४ फाल्गुन बिहीबार  २ : २४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य