काठमाडौँ । देशभर आज वैदिक सनातन धर्मावलम्बीले नयाँ यज्ञोपवीत अर्थात् जनै धारण तथा रक्षाबन्धन बाँधेर जनैपूर्णिमा पर्व मनाउँदैछन्। श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको रक्षासूत्र धारण गर्ने धार्मिक परम्परा रहेको छ। तागाधारीले विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्ने तथा हातमा रक्षासूत्र बाँध्ने गर्दछन्। धार्मिक विश्वासअनुसार जप, तप…