सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत तर्फबाट आएको बिनासकारी बाढीले बगाएर वेपत्ता भएका आफन्तजनको बिबरण जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई उपलव्ध गराउन अपील गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत अपीलगर्दै ले आज सो अपील गर्नुभएको हो ।
आफन्तजन वाढीमा परेर सम्पर्कमा नआएकाले खोजतलासमा सहयोग गर्न भन्दै नागरिकले निरन्तर फोन गर्न थालेपछि एमाले सिन्धुलीका उपाध्यक्ष समेत रहेका नेता घिसिङले सामाजिक सञ्जालमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको मोवाइल नम्बर सार्वजनिक गर्दै नागरिको खोजतास गर्ने काम जारी रहेकाले धैर्य धारण गर्न र नआत्तिन आग्रह गर्नुभएको हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छः रसुवाको अकल्पनीय विपत्तिमा परेर हराइरहनु भएका सिन्धुली जिल्लाका आफन्तजनको खोजीका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दछु । साथै विपत्तिको यस घडीमा संयमित रहनु अपिल गर्दछु । प्रजिअः ९८५४०६७७७७ सहायक प्रजिअः ९८५–४०७७७१३
सिन्धुली प्रशासनका अनुसार अहिलेसम्म सिन्धुली जिल्लामा ३६ जना सम्पर्क बिहिन भएको भन्दै परिवारका सदस्यले जानकारी गराएको छ । यो क्रम बढेर जाने बताइएको छ ।







प्रतिक्रिया