२०८३, ९ कार्तिक सोमबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छिन् ।सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सोमबार दिउँसो भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको तिमिल्सिनाको सचिवालयले जनाएको छ । भेटमा भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्दै…