२०८३, २० आश्विन बुधबार

आजको युगमा पनि खानकै लागि संर्घष गर्नु लज्जास्पद : अध्यक्ष ओली

आजको युगमा पनि खानकै लागि संर्घष गर्नु लज्जास्पद : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, आजको युगमा पनि खानकै लागि संर्घष गर्नु पर्ने अवस्था आउनु दुखद भएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालमा विज्ञान र प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले २१ औं सदाब्दीमा खानाकै लागि संघर्ष गर्नु पर्ने स्थिति लाजामर्दो विषय भएको बताएका छन् ।
उनले मानिसकै गलत प्रवृतिका कारण माटोको उर्वराभूमि नास भएको भन्दै उनले बाच्नका लागि मात्रै संर्घष गर्नु पर्ने स्थिति लज्जास्पद भएको बताए । त्यस्तै प्रर्याप्त सम्भावना भएर पनि विद्युत उत्पादन नभएको कारण नेपालमा विद्युत वितरणमा समस्या आएको टिप्पणी गरे ।

उनले उत्पादन र विकासमा प्रविधिको प्रयोग गरेमा विद्युतको खपत पनि बढि हुने बताए । कृषिको आधुनिकीकरणमा बिशेष जोड दिनुपर्ने उनको भनाई छ । उनले भने, ‘अहिले उद्योगहरुले विद्युत पाएको छैन् । सव स्टेशन छैन् त्यसकारण विद्युत सप्लाई गर्न सकिएको छैन । उद्योगहरुले अहिले पनि मागिरहेका छन् । हामीलाई चाँहिदो विद्युत उत्पादन भएको छैन् । पुग्दो उत्पादन भएपनि हामीले कसरी उपभोग गर्ने पनि सिकाएको छैन् । ’

अर्को प्रशंगमा उनले नेपाल मासुमा आत्मानिर्भर भयो भने पनि ट्रकका ट्रक खसी बोका आयात भईरहेको भन्दै भने, ‘नेपाल मासुमा आत्मानिर्भर भयो भनेको छ र पनि दिनका दिन ट्रकका ट्रक खसी बोका आईरहेका छन् । आत्मानिर्भर छ भने खसी बोका कहाँ जान्छ ? त्यसको पनि जानकारी लिन आवश्यक छ । आत्मनिर्भर छौं भनेको छ । मुस्ताङबाट च्याङग्रा पोखराबाट यता आउँदैनन् । ’

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ७ : २० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको