२०८२, १९ मंसिर शुक्रबार

अरिङ्गालले चिलेर ताप्लेजुङमा ७४ वर्षीया वृद्धाको ज्यान गयो

अरिङ्गालले चिलेर ताप्लेजुङमा ७४ वर्षीया वृद्धाको ज्यान गयो


काठमाडौं । अरिङ्गालले चिलेर ताप्लेजुङमा आज सोमवार एक वृद्धाको ज्यान गएको छ ।

अरिङ्गालले चिलेर आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको ज्यान गएको वडाध्यक्ष अर्जुन लिम्बुले जानकारी दिनुभयो । शनिवार दिउँसो जङ्गलमा दाउरा खोज्न गएका बेला तामाङलाई अरिङ्गालले टोलेको वडाध्यक्ष लिम्बुले बताउनुभयो ।

अरिङ्गालले चिलेर गम्भीर घाइते हुनुभएकी वृद्धाको चाँगे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी हुँदै गर्दा उहाँको ज्यान गएको लिम्बुले बताउनुभयो ।

केही समयअघिसम्म छ्यापछ्याप्ती देखिने अरिङ्गाल अहिले भने कम देखिन थालेको स्थानीयवासी बताउँछन् । घरको भित्ता तथा रुखहरूमा देखिने अरिङ्गालको गोलाहरू देखिन छाडेको फक्ताङलुङ गाउँपालिका–६ का राम तामाङ बताउनुहुन्छ ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ५ : २८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको