कामठाडौं, मंसिर ५: नवलपरासी बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो —अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ ।साविकका ५ गाविस गाभेर बनाइएको बौदीकलाी पुर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो । गाउँपालिका अध्यक्ष दुर्गाहादुर राना मगरले भने, जग्गाधनी पुर्जा भएकाहरुसमेत खेतवारी बाँझै राखेर बसाइँ गएपछि जनघनत्व…