२०८३, २६ श्रावण बुधबार

शिक्षा मन्त्रालयमा समस्यै समस्याः कर्मचारी भन्छन्, मन्त्रीज्यूलाई मतलब नै छैन

शिक्षा मन्त्रालयमा समस्यै समस्याः कर्मचारी भन्छन्, मन्त्रीज्यूलाई मतलब नै छैन


काठमाडौं, कात्तिक २८: शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले नयाँ–नयाँ निर्देशिका जारी गरेर काम भएको दाबी गरे तापनि मुख्य काम हुन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

विभिन्न समितिले बुझाएको प्रतिवेद सबै दराजमा थन्किएका छन् । कर्मचारी सरुवा अस्तव्यस्त बनेको छ । पछिल्लो समय सहसचिव सूर्यप्रसाद गौतमको समितिले तयार गरेको संघीय शिक्षा ऐनको काम अघि बढ्न सकेको छैन ।

‘शिक्षक र विद्यालय व्यवस्थापन गर्ने विषय उठान नै गर्न सक्नुभएको छैन । पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गठित समितिले बुझाएको शिक्षक दरबन्दी मिलान गर्ने विषयमा पनि कुनै काम अघि बढेको छैन । प्रतिवेदन बुझ्यो, थन्क्याइयो, प्रतिवेदनमा उल्लेख भएका विषय कसरी कार्यान्वयन गर्ने ? भन्ने विषयमा मन्त्रीज्यूलाई मतलब नै छैन ।’ –कर्मचारीले आरोप लगाएका छन् ।

प्रकाशित मिति : २०७५, २८ कार्तिक बुधबार  ७ : २९ बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी