महेन्द्रनगर, कात्तिक १६ : कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ। तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ। अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ। ‘अनुसन्धान भइरहेको छ, तर यहाँ पुग्यो भन्ने अवस्था छैन।’ जिल्ला प्रहरी…