काठमाडौं । घरबाटो सिफारिस गरिदिने भन्दै ५ लाख रुपैयाँ घूस लिएको अवस्थामा पक्राउ परेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । घर बाटो सिफारिसको लागि स्थानीय राजन उप्रेतीसँग ५ लाख नगद रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले कार्कीलाई गत पुस पहिलो साता जीतपुरस्थित…