२०८३, ८ बैशाख बुधबार

आज विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात

आज विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात

छानबिन गर्न समिति गठन


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ ।

आज प्रहरीले अध्यागमनका कर्मचारीहरूलार्य कुटपिट गरेको घटनामा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको मनत्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘घटना छानबिन गरी तीन दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ वास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहने गरी छानबिन समिति गठन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ।

अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले शुक्रबार कुटपिट गरेको जनाइएको छ । प्रहरीले सुरुमा अधिकृत मोक्तानमाथि हातपात गरेका थिए । उनी ड्युटी सकेर डिपार्चरबाट अराइभल क्षेत्रमा आएका बेला मेटल–फ्रि एरियामा प्रहरीले चेकजाँच गरेको थियो । त्यस क्रममा विवाद हुँदा प्रहरीले अधिकृतमाथि हातपात गरेको जनाइएको छ ।

‘अध्यागमन अफिसर भएकाले धेरैजसो प्रहरीले चेक गर्दैन । कहिलेकाहीँ छामछुम गर्छ । प्रहरीलाई अधिकृत मोक्तानले तिमीहरू कहिले चेक गर्छौं, कहिले गर्दैनौं यो के हो रु भनेर सोधेपछि विवाद भएको हो,’ स्रोतले जानकारी दिएको छ । प्रहरी र मोक्तानबीच केहीबेर भनाभन भएको थियो । केहीबेरमा अरू प्रहरीहरू पनि आएर मोक्तानमाथि कुटपिट गरेको बताइएको छ ।

अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको भन्दै विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाललाई जानकारी गराइएको थियो । लगत्तै उनी त्यहाँ पुगेका थिए । हमाल पुगेपछि अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको सिसीटिभी फुटेज हेरिएयो । फुटेजमा अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको देखिएको थियो । ‘अधिकृत मोक्तानमाथि हातपातबारे बुझ्न पुगेका प्रमुख हमाललाई पनि प्रहरीले हातपात गरे,’ स्रोतले बताउँछ ।

प्रकाशित मिति : २०८०, १२ माघ शुक्रबार  ९ : १२ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले