काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने सुरक्षाकर्मी र निर्वाचन प्रहरी घाइते भएमा उनीहरूको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्रीले निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आवश्यक सुरक्षा र उपचार सुविधा सुनिश्चित गरिने जानकारी दिए। उनका अनुसार निर्वाचन अवधिमा ड्युटीका क्रममा घाइते भएका…