२०८२, ७ पुस सोमबार

सिन्धुपाल्चोक दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, मन्त्री दुलाल अस्पतालमा

मेलम्ची, २४ असोज: इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो…