२०८२, ३ चैत्र बुधबार

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध, यात्रु अलपत्र

बैतडी । अविरल वर्षासँगै आएको पहिरोका कारण बैतडी र बझाङलाई जोड्ने जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ। सिगास गाउँपालिका–९, रमिलापुर क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिएका छन्। राजमार्ग बन्द हुँदा सवारी आवागमन ठप्प भएको छ र यात्रुहरू बाटोमै अलपत्र परेका छन्। प्रवक्ता पाण्डेयका…